सुदूरपश्चिमको विकासका लागि दर्जनौँ योजना बोकेर बालुवाटारमा मुख्यमन्त्रीसहित शीर्ष नेताहरु

लोकपथ
133
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित सत्तारुढ दलका नेताहरुले प्रदेशको विकास र विभिन्न आयोजना निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

आइतबार मुख्यमन्त्री शाह, पूर्व मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्र रावलसहितका नेताहरुले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेका हुन् ।

भेटका क्रममा विभिन्न विकास आयोजनासहित प्रदेश राजधानी बन्न नसकेको विषयमा समेत प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् । प्रदेशको राजधानी हालसम्म बन्न नसकेको भन्दै त्यसका लागि आवश्यक निर्देशन दिन समेत आग्रह गरे ।

‘सुदूरपश्चिम प्रदेशको राजधानी हालसम्म पनि बन्न सकेको छैन । प्रदेश सभाले राजधानी निर्माणका लागि गोदावरीलाई छनौट गरिसकेको परिवेशमा उक्त कार्य अघि बढ्न सकेको छैन । तसर्थ, राजधानी निर्माणको कार्यका लागि आवश्यक निर्देशन र कार्यान्वयनका लागि अनुरोध छ,’ ध्यानकर्षपण पत्रमा भनिएको छ ।

भेटमा प्रधानमन्त्री ओलीसहित मुख्यमन्त्री शाह, पूर्व मुख्यमन्त्री रावलसहित परराष्ट्रमन्त्री आरजु राणा देउवा, उद्योगमन्त्री दामोदर भण्डारी, स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै प्रदेशहरुमा अझै कम्पनी रजिष्टारको कार्यालयहरु नभएको र वाणिज्य कार्यालय सम्बन्धी व्यवस्था नभएकाले आवश्यक ऐन तर्जुमा गरी सो को व्यवस्थाका लागि समेत आग्रह गरेका छन् ।

भेटका क्रममा विभिन्न सडक सञ्जाल निर्माणदेखि स्वास्थ्य क्षेत्रका बृहत परियोजना निर्माणका लागि प्रधानमन्त्री एवं केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?