‘निजी क्षेत्रको अपेक्षा भन्दा माथि गएर सरकारले नीतिगत सुधारको लागि अध्यादेश ल्यायो’

लोकपथ
126
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले ६ वटा अध्यादेश ल्याएर वर्तमान अर्थतन्त्रको समस्यामा सरकार चिन्तित रहेको प्रमाणित गरेको बताएका छन् । 

महिला आर्थिक पत्रकार संघ फेजाले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मल्होत्राले यस्तो बताएका हुन् ।

उनले पछिल्लो २० वर्षको निजी क्षेत्रको समस्या वर्तमान सरकारले समाधान गर्न खोजेको दाबी गरे । उनले वर्तमान सरकारले निजी क्षेत्रको अपेक्षा भन्दा पनि माथि गएर ६ वटा अध्यादेश ल्याएको र अर्थतन्त्रको समस्यामा सरकार चिन्तित रहेको प्रमाणित गरेको बताए ।

उनले सरकारले जटिल अवस्थाको समाधानका लागि अध्यादेश ल्याएर उद्योग व्यवसाय गर्न सहज बनाउनु सकारात्मक भएको बताए । उनले अध्यादेश कार्यान्वयनको लागि सरकारले नियमावली बनाउन समय लगाउन नहुने बताए । उनले नियमावली नबनेसम्म अध्यादेश कार्यान्वयनमा समस्या हुने बताए ।

उनले अघिल्लो सरकारले लगानी सम्मेलनको समयमा लगानी सहजिकरणका लागि अध्यादेशमार्फत ल्याएका कानुन कार्यान्वयनको लागि सात महिना हुँदा पनि नियमावली बन्न नसकेको बताए । उनले अहिले आएका ६ अध्यादेश कार्यान्वयनको लागि सरकारले तत्काल नियमावली बनाउन आवश्यक रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?