काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद गोपाल भट्टराईले देशमा लगानीको वातावरण सिर्जना गर्न र अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याइएको बताएका छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विगतमा सदन बन्द गरेको भोलिपल्टै पार्टी फुटाउन अध्यादेश ल्याइएको उदाहरण दिँदै अध्यादेशको नियत सही रहेको बताए । उनले अध्यादेशबाटै जीन्मएको पार्टीले अध्यादेशको विरोध गर्नु उचित नहुने बताए ।
उनले कानुन झन्झटिला भए, विदेशी तथा स्वदेशी लगानी आउन सकेनन्, फाइलहरू महिनौँ रोकिने लगायतका झन्झट धेरै भएकाले अध्यादेश ल्याइएको बताए ।
सांसद भट्टराईले अध्यादेश ल्याइयो भन्नु भन्दा अध्यादेश कार्यान्वयनमा जोड दिन सरकारलाई दबाब दिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया