ट्रम्प नभएको बेला अमेरिकी  राष्ट्रपति कार्यालयमा के भयो यस्तो ?

वासिङटन, १७ कात्तिक – अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा शुक्रबार विहान शंकास्पद गतिविधि देखिएपछि कार्यालयको उत्तरी क्षेत्र बन्द गरिएको छ “ह्वाईट हाउसको उत्तरी भागमा बन्द गरिएको छ भने शंकास्पद गतिविधिका बारेमा सुरक्षाकर्मीहरुले अनुसन्धान सुरु गरिसकेका छन्,” गुप्तचर निकायले भनेको छ गुप्तचर निकायको आधिकारीक ट्विटरमा शंका लागेका व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि जनाइएको छ ह्वाईट हाउसको उत्तरी भागमा रहेका पत्रकारहरुलाई पहिले नै कुनै स्पष्ट कारण विना त्यहाँबाट हट्न भनिएको थियो राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई र एसियाको भ्रमणका लागि राष्ट्रपति कार्यालय छाडे लगत्तै यस्तो घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?