काठमाडौं । साताको पहिलो कारोबार आज नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ ।
गत कारोबार दिन शुक्रबार नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य १ लाख ६२ हजार ८ सय रहेको थियो । आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आएको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ९ सय १५ रहेकोमा आज मूल्य गिरावट आइ १ हजार ९ सय १० कायम भइ कारोबार भइरहेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया