२०७८,श्रावण,१८,सोमवार

टिकट नपाएपछि आक्रोस, काँग्रेस परित्याग घोषणा

२०७४,कार्तिक,१७,शुक्रवार १७:२९


भक्तपुर, १७ कात्तिक – नेपाली काँग्रेसका महासमिति सदस्य प्रवीण वनले पार्टी परित्याग गरेका छन् वनले आज जिल्ला सभापति दुर्लभ थापामार्फत पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् आसन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा (क) मा उम्मेदवारीको दौडमा रहेका वनले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै पार्टी परित्याग गरेका छन् । उनले राजीनामापत्रमा ‘आफूले जुन काँग्रेसको परिकल्पना लिएर हिँडेको हो आज त्यस्तो नरहेको र अन्याय गर्न उद्दत रहेकाले काँग्रेसमा आफूलाई निरन्तर समाहित गर्न न्यायोचित नदेखिएकाले’ पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । राजीनामापत्रमा वनले लोकतन्त्र र प्रजातन्त्रलाई संकट परेमा त्यसको रक्षार्थ आफूलाई पहिलो पंक्तिमा उभ्याउने प्रतिबद्धता व्यक्त गर्दै अब स्वतन्त्र जीवन जिउने प्रणसमेत गरेका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१७,शुक्रवार १७:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध भएको बताएका छन् । सोमवार नेपाल

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पदबहाली गरेका छन् । सोमवार प्रदेश सदरमुकाम पोखरामा एक विशेष

काठमाडौं । कोभिड – १९ महामारीको समयमा हवाई उडानहरुले बढी भाडा लिएको सम्बन्धमा संसदीय समितिले चासो राखेको छ । प्रतिनिधि

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिले आफ्नो कार्यक्षेत्रमा रहेका विभिन्न संवैैधानिक आयोगहरुको काम कारवाहीप्रति असन्तुष्टि जनाएको

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९