संसदमा प्रधानमन्त्रीको सम्बोधन : विपक्षीमाथि कटाक्षदेखि सरकारका उपलब्धीसम्म [पूर्णपाठ]

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रारम्भ भएदेखि देखा परेका सवल दुर्वल पक्षलाई मूल्यांकन गरेर संविधान संशोधन हुने स्पष्ट पारेका छन् ।

आज बसेको संसद्को हिउँदे अधिवेशन अन्तर्गतको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

ओलीले संविधान संशोधनका लागि कार्यदल बनाइएको र व्यापक छलफलका आधारमा मात्रै अघि बढ्ने बताए ।

‘यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिन्छ । यसको लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकारपक्षीय दलहरुसँगको छलफल गरिनेछ । विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ,’ उनले भने ।

त्यस्तै प्रधानमन्त्री ओलीले सरकार कुनै दल फुटाउने र टुक्राउने मनसायका साथ अघि नबढेको समेत बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने प्रतिबद्धता व्यक्त गरे । साथै आफूलाई विभिन्न प्रकरणमा मुछेर भ्रष्टाचारसँग जोडेकोप्रति आपत्ति जनाउँदै कटाक्ष गरे । साथै आफूले भ्रष्टाचार गरेको भए त्यसको प्रमाण ल्याउन समेत खुला चुनौती दिए ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले काम आफू नेतृत्वको सरकार गठन भए यता गरेका कामबारे फेहरिस्त समेत सुनाए ।

यस्तो छ प्रधानमन्त्री ओलीको सम्बोधन :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?