काठमाडौं । आजबाट संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन सुरु भएको छ ।
विधेयक अधिवेशनका रुपमा समेत चिनिने हिउँदे अधिवेशनको बैठक सुरु भएको हो ।
आजबाट सुरु भएको अधिवेशनमा प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
लामो समयपछि संसद् बैठक बसेका कारण यो अधिवेशनमा थुप्रै विधेयकहरुका विषयमा छलफल हुनेछन् ।
त्यसो त सरकारले हालै ल्याएको अध्यादेशबारे समेत प्रतिपक्षीहरुले आवाज उठाउने तयारी गरेका छन् ।
बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि केही समय ढिला गरेर बैठक सुरु भएको हो ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाइरहेका छन् ।
यो प्रतिनिधि सभाको ५औँ अधिवेशन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया