करेन्ट लागेर एक जनाको  मृत्यु

लोकपथ
42
Shares

गोरखा । करेन्ट लागेर एक जनाको  मृत्यु भएको छ ।  भिमसेनथापा गाउँपालिका–४ गैरा गाउँ बस्ने ७० वर्षीय खुन्ते सार्कीको करेन्ट लागेर बिहीबार बेलुकी मृत्यु भएको हो ।  

सोही गाउँपालिका–४ आहाले पानीस्थित बारीमा रहेको रूख काट्ने क्रममा रूखको हाँगाले बिजुलीको तारमा छुन गई करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?