संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्कीको संकेत

लोकपथ
35
Shares

काठमाडौं । संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । करिब ६ महिनापछि सुरु हुन लागेको संसद्मा प्रतिपक्षी दलहरु सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा छन् ।

यता सत्ता पक्षका दलहरु पनि त्यसलाई ‘ट्याकल’ गर्ने तयारीमा जुटेका छन् । विपक्षी दलहरुले पटकपटक बैठक गरेर सरकारविरुद्ध आवाज उठाउने तयारीमा छन् । यता सत्तापक्षका शीर्ष नेताहरुले पनि त्यसको विरुद्ध प्रतिरक्षा गर्न आ–आफ्ना दलका नेताहरुलाई प्रशिक्षण दिइरहेका छन् ।

प्रतिपक्षले सरकारले लामो समय सदन नबोलाएर अध्यादेश मार्फत् मुलुक चलाइरहेको भन्दै आरोप लगाइरहेको छ । जसका कारण आजबाट सुरु हुने अधिवेशन कडा रुपमा प्रस्तुत हुने तयारी विपक्षीहरुको रहेको छ । तर सत्तापक्षले भने त्यसलाई प्रतिरक्षा गर्दै सरकारले गरेका कामका बारेमा थप चर्चा गर्ने तयारी छ । दुवै पक्ष आ–आफ्नो तयारीमा जुट्दा संसद्को गतिविधि बने रोचक बन्ने देखिन्छ । सरकारले केही दिन अघि ल्याएको केही अध्यादेशका विषयमा विपक्षीहरु असन्तुष्ट छन् । जसकारण उनीहरुले आजबाट सुरु हुने बैठकलाई महत्वका साथ उपस्थित भएर प्रतिरक्षा गर्ने तयारीमा छन् ।

साथै सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, नियन्त्रण तथा नियमन विधेयकका विषयमा भने सत्तारुढ दलभित्रै असन्तुष्टी देखिएको छ । यसअघि नै सरकारले ल्याएको उक्त विधेयकका विषयमा विपक्षीमा रहँदा आवाज उठाएका सत्तापक्षका केही सांसदहरुको जवाफदेहिता समेत मागिएको छ । नेपाली कांग्रेसका कतिपय सांसदहरुले सामाजिक सञ्जालको नियमन गर्न आवश्यक रहेको बताउँदै राज्यले नियन्त्रणकै नीति लिएको प्रति आपत्ति जनाइरहेका छन् ।

आज दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा प्रतिनिधि र राष्ट्रिय सभाको बैठक सुरु हुँदैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तापक्ष र विपक्षी दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?