संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

लोकपथ
168
Shares

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु हुनेछ ।

पहिलो दिनको बैठकलाई प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । 

सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । साथै उनले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाउने छन् ।

सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसद्हरुको मनोनयन गर्ने छन् ।

त्यसपछि बैठकमा दलीय आधारमा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

त्यसैगरी अध्यादेशहरू पेस हुने र सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?