भूमिसुधार कार्यालयका प्रमुखविरुद्ध मुद्दा

 काठमाडौँ, १७ कात्तिक- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ आयोगकाअनुसार कानूनबमोजिम जग्गा मोहियानी हक उपलब्ध नगराई विभिन्न बहानामा सेवाग्राहीसँग रु एक लाख घुस माग्दामाग्दै आयोगको टोलीले उपसचिवसमेत रहेका पोखरेललाई पक्राउ गरेको थियो आयोग प्रवक्ता जीवराज पोखरेलले बिगो असुल गरी कैद सजायको मागसहित पोखरेलविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?