लगानीको सहज वातावरण बनाउन सरकारले कानुन ल्याएको छ : सभापति देउवा

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्दा मुलुकको राष्ट्रिय आय अपेक्षित रूपमा वृद्धि हुन नसकेको बताएका छन् । 

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्र उत्पादन भन्दा पनि व्यापारमुखी बन्दै गएको बताए । 

सभापति देउवाले गाउँ-गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । 

गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा साना लगानीले पनि रोजगारी प्राप्त गर्ने उनको भनाइ छ  । पछिल्लो समय स्टार्टअप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको बताए । उनले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरिरहेको बताए । 

थोरै लगानीले स्टार्टअप व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्दा धेरै रोजगारी सिर्जना गर्न सकिने बताए । नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले नेपाली कांग्रेसले साना र मझौला उद्यम व्यवसाय प्रवर्द्धन गर्ने नीति लिएको बताए । 

उनले सरकारले उद्यमी व्यापारी, व्यवसायीहरूले भोग्नुपरेको कानुनी तथा प्रक्रियागत समस्याहरू अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न कानुन ल्याएको बताए । मुलुकको समृद्धिका लागि सूचना प्रविधि प्रवर्द्धन, राजनीतिक स्थिरता र प्राकृतिक श्रोत, मानव संशाधन, पुँजीको वृद्धिको संवैधानिक समन्वयात्मक विकास जरुरी रहेको बताए । सभापति देउवाले हमासको बन्दीमा रहेका विपिन जोशीलाई छुटाउन इजरायली राजदूतसँग आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?