५६ लाख ८० हजारसहित हुण्डी कारोबारमा संलग्न तीन पक्राउ

काठमाडौँ, १७ कात्तिक – प्रहरीले खिचापोखरीबाट हुण्डी कारोबारमा संलग्न तीन जनालाई रु ५६ लाख ८० हजारसहित आज पक्राउ गरेको छ हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा स्रोत खुलाउन नसकेको सो रकमसहित उनीहरुलाई पक्राउ गरेको हो पक्राउ पर्नेमा बाग्लुङ पैँयुँ पथान गाउँपालिका घर भई काठमाडौँ धापासी बस्ने पूर्ण थापा, बाग्लुङ बुर्तिबाङ–१ घर भई काठमाडौँ बालाजु बस्ने प्रदीप छन्त्याल र मोरङ कानेपोखरी नगरपालिका– ३ घर भई काठमाडौँ लैनचौर बस्ने कुलदीप चौधरी रहेको प्रहरीले जनाएको छ उक्त रकममध्ये थापाका साथबाट रु ३९ लाख, छन्त्यालका साथबाट रु १३ लाख ५० हजार र चौधरीका साथबाट रु चार लाख ३० हजार बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?