काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
आजका दिउँसोका लागि एमाले संसदीय दलको बैठक बस्न लागेको हो ।
दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा आगामी संसद् अधिवेशनबारे छलफल हुनेछ ।
संसद् अधिवेशनको तयारीस्वरुप बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
त्यस्तै आजको बैठकमा संसद् बैठकमा प्रस्तुत हुने विधेयकका विषयमा समेत छलफल हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया