काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ ।
बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने बताइएको छ । यही माघ १८ गतेदेखि संसद बैठक सुरु हुने भएको छ । संसद सुरु हुनुअघि ल्याइएका अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक पेश गर्ने तयारीमा सरकार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया