२०७८,श्रावण,१७,आईतवार

म त वेलायतको प्रधानमन्त्री हुनु पर्ने मान्छे हुँ ः चन्द्र भण्डारी

२०७४,कार्तिक,१७,शुक्रवार १४:२५


गुल्मी, कार्तिक–१७ – नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले आफु वेलायतको प्रधानमन्त्री हुनु पर्ने खालको नेता भएको दावी गरेका छन् । ‘आफु गुल्मी क्षेत्र नम्वर २ को सांसद भएको कार्यकालमा गरेको विकास हेर्ने हो भने आफु त बेलायतकै प्रधानमन्त्री हुनु पर्ने हो, उनले प्रेश युनियन गुल्मीले आयोजना गरेको कार्यक्रममा भने– ‘ यति विकास गर्दा पनि तपाई पत्रकारले लेखी दिनु हुन्न भने मेरो भन्नु केहि छैन् गुल्मी क्षेत्र नम्वर २ मा बिस वर्ष अघि देखिका सांसदहरुले गर्न नसकेको काम आफुले एउटै कार्यकालमा गरेको दावा गर्दै यति विकास गर्ने नेता त वेलायतकै प्रधानमन्त्री हुनु पर्ने मान्छे होईन र ? विपक्षी राजनैतिक दलका नेताहरुबाट फेशवुके विकास प्रेमी नेताको सज्ञा पाएका उनले भने जसले विकास गर्छ उसले त लेखी हाल्छ नि, नगर्नेले कहाँबाट लेखोस भन्ने जवाफ दिए । आफुले जस्तो विकास यहाँका अरु जनप्रतिनिधीहरुले गर्न नसकेको कुरा पटक पटक दोहराएका नेता भण्डारीले फेरी पनि आफुले जिते नमुना जिल्ला बनाउने उद्घोष गरे नेपाली भाषको जननीको रुपमा रहेको सँस्कृत भाषालाई प्रत्येक विद्यालयमा अनिवार्य पाठ्यक्रममा समावेश गर्ने, माथिबाट पहिरो खसेर बर्षेनी नागरिकले ज्यान गुमाउने गरेको तम्घास–पाल्पा–बुटबल सडकको स्तरोन्नती गर्ने लगायतका विकास निर्माण ल्याउने आश्वासन दिए । त्यस्तै एसियाकै नमुना रिडीको पुल, रिडिधाम मेला, पर्यटकिय क्षेत्र रेसुङ्गा, विचित्र गुफा लगायतको संरक्षण र प्रचार प्रसार गरी पर्यटकको सङ्ख्यामा बृद्धि गर्ने पनि नेताहरुले बताएका छन् पत्रकार सम्मेलनमा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का उम्मेद्धार चन्द्र भण्डारीले आफूले जिल्लामा थुप्रै विकास निर्माणका कामहरु गरेको दाबी गरेका छन् । उनले नामै किटान गरी जिल्लाका विभिन्न स्थानमा विकासका लागि थुप्रै बजेट पारेको तर ठेकेदार केहि नेताहरु मिलेर रेसुङ्गा बिमानिस्थल जस्ता महत्वपूर्ण काम नभएको समेत आरोप लगाए । त्यसका साथै केन्द्रिय सदस्य भण्डारीले गुल्मी जिल्ला जडिबुटिका हिसाबले अन्त्यन्तै महत्वपूर्ण रहेको, मदाने, रेसुङ्गा लगायतका क्षेत्रमा पर्यटनहरु प्रशस्त आउने भएकोले पनि यी र यस्ता क्षेत्रको महत्वपूर्ण विकास गरी जिल्लालाई नमुना बनाउने उनको भनाई छ त्यस्तै पार्टीका सिद्धान्तहरु एक ठाउँमा राख्दै जनताको हक, हितमा लाग्नुपर्नेमा पनि उनले जोड दिए । क्षेत्र नम्वर २ का प्रतिनिधी सभा उमेदवार चन्द्र केसीले क्षेत्र नम्वर २ ले नयाँ नेताको खोजी गरेको दावि गर्दै आफ्नो र सिङ्गो नेपाली कांग्रेसको जित सुनिश्चित भएको बताए । उनि पत्रकारहरु प्रति भने अलि आक्रमक भएर आलोचना गरी रहेका थिए । कार्यक्रममा प्रदेश १ का उमेदवार पृथ्पीबहादुर फौदार , प्रदेश २ का धनेन्द्र कार्की , प्रदेश १ का उमेदवार शालिक पन्थी र ४ का उमेदवार छन्दबहादुर पहराईले पनि आफुहरुको जित सुनिश्चित भएको दावि गरेका थिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,१७,शुक्रवार १४:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहि बेरमा बैठक बस्न लागेको हो

काठमाडौं । पार्टी एकताको प्रयासको लागि भन्दै शनिवार स्थगित भएको नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ। निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट

ताजा समाचार

काम खोज्न भारत जानेको लर्को
 २०७८,श्रावण,१७,आईतवार १२:१८
मेलम्ची बाढी अपडेट : ७ घर टहरा बगायो
 २०७८,श्रावण,१७,आईतवार १२:०३