२०७८,श्रावण,११,सोमवार

जति भ्रम छरेपनि लोकतान्त्रिक गठबन्धकको बहुमत आउछ ः रक्षामन्त्री प्रधान

२०७४,कार्तिक,१७,शुक्रवार १३:२८


काठमाडौँ, १७ कात्तिक ः रक्षामन्त्री भीमसेनदास प्रधानले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार लागि परेको बताउनुभएको छ । राजधानीमा आयोजित साक्षत्कार कार्यक्रममा मन्त्री प्रधानले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने भन्दै निर्धक्कका साथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गर्नुभयो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न विगतका निर्वाचनमा झै तीनवटै सुरक्षा निकायलाई मिलाएर परिचालन गरिने उल्लेख गर्नुभयो नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ६ का उम्मेदवार समेत रहनुभएका मन्त्री प्रधानले कुन पार्टी मुलुकको हितमा छ भन्ने कुरा जनताले राम्रोसँग बुझेकाले काँग्रेसको पक्षमा बहुमत आउने दाबी गर्नुभयो सोही क्षेत्रमा वाम गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेकपा (माओवादी केन्द्र) का नेता झक्कुप्रसाद सुवेदीले जनता र विकासको आवश्यकताअनुरुपको एजेण्डा गठबन्धनले अघि सारेकाले जित सुनिश्चित रहेको जिकिर गर्नुभयो । त्यसैगरी, विवेकशील साझा पार्टीका उम्मेदवार रमेश चिलुवालले देशको विद्यमान विसंगतिविरुद्ध संसदीय नीति बनाउने उद्देश्यले निर्वाचनमा होमिएको बताउनुभयो ।

प्रकाशित मिति: २०७४,कार्तिक,१७,शुक्रवार १३:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताको खारेजी र धर्म निरपेक्षताबारेमा जनमत संग्रह गर्नुपर्ने आवाज उठ्नु सकारात्मक भएको

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताएका छन् । रिपोर्टस क्लव नेपालमा

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउँदो भदौ १६ देखि १९ सम्म हुँदै छ । साउन १२ बाट हुने भनिएको वडा तहको

ताजा समाचार

लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२