२०७८,श्रावण,११,सोमवार

सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा

२०७४,कार्तिक,१७,शुक्रवार १०:१४


लहान, १७ कात्तिक – मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन जिल्लामा प्रनिनिधि सभा निर्वाचनका लागि पाँचजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रदेश सभामा दुईजना पूर्वमन्त्री चुनावी दौडमा छन सिरहा क्षेत्र नं ४ मा फोरम–राजपा गठबन्धनको तर्फबाट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री अजयशंकर नायकबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उनीहरुसँगै सो क्षेत्रमा नेपाली काँग्रेसका नेता मोख्तार अहमद चुनावी मैदानमा उत्रिनएक छन सिरहा क्षेत्र नं १ मा फोरम–राजपा गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम नेपालका नेता तथा पूर्वमन्त्री राजलाल यादव चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । उनीसँग नेपाली काँग्रेसका नेता प्रदीप गिरी र वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का नेता गंगाप्रसाद यादव प्रतिस्पर्धामा छन क्षेत्र नं २ मा फोरम राजपा गठबन्धनका तर्फबाट फोरमका नेता तथा पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री शत्रुघ्नप्रसाद सिंह महतोले चुनावी दौडमा सिट सुरक्षित गरेका छन भने उनीसँगै वामगठबन्धनका तर्फबाट पूर्व स्वास्थ्य सहायक मन्त्री सुरेशचन्द्र दास यादव र नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादव चुनावी प्रतिस्पर्धामा छन यस्तै प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं २ (क) मा फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका नेता तथा पूर्व आपूर्ति मन्त्री विजयकुमार यादव चुनावी प्रतिस्पर्धामा छन भने उनीसँगै वाम गठबन्धनका तर्फबाट माओवादीका जीवछ यादव र काँग्रेसका शैलेन्द्रकुमार यादव प्रतिस्पर्धामा छन क्षेत्र नं ३ (क) मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री रामकुमार यादव चुनावी दौडमा उत्रिएका छन भने उनीसँगै काँग्रेसका मुस्ताक अन्सारी र फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका मनोजकुमार सिंह प्रतिस्पर्धामा छन पूर्वमन्त्रीहरु प्रतिस्पर्धामा उत्रिएपछि अहिले सिरहाको चुनाव सबैको चासोको विषय बनेको छ । प्रतिनिधि सभाका लागि ४ र प्रदेश सभाका लागि ८ क्षेत्र रहेको जिल्लामा तीन लाख ४४ हजार ३७० मतदाता रहेका छन् । जिल्लामा ४३६ मतदान केन्द्र तोकिएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१७,शुक्रवार १०:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देश र जनताले फेरि माओवादी नै खोजेको बताएका छन् ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताको खारेजी र धर्म निरपेक्षताबारेमा जनमत संग्रह गर्नुपर्ने आवाज उठ्नु सकारात्मक भएको

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताएका छन् । रिपोर्टस क्लव नेपालमा

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२