राप्रपाले : ‘राजासहितको प्रजातन्त्र’ लाई घोषणापत्रमा राख्ने

काठमाडौँ, १७ कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्रमा ‘राजासहितको प्रजातन्त्र’ लाई घोषणापत्रमा समेट्ने भएको छ आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनताको अभिमत संकलनका लागि निर्माण गर्न लागिएको घोषणापत्रमा संवैधानिक राजसंस्थालाई निरन्तरतासहितको परिवर्तनका रुपमा समावेश गरिन लागेको प्रवक्ता भुवन पाठकले जानकारी दिए पार्टीको निर्माण गर्न लागिएको घोषणापत्रमा राजसंस्थाको आदर्शलाई उल्लेख गरी वैचारिक दृष्टिकोण बनाउन कार्यकर्ताबाट सुझाव आएको छ मुलुकलाई हिन्दू राष्ट्र कायम गर्ने विषयलाई समेत घोषणापत्रमा प्राथमिकतामा राखिएको छ । पार्टीले स्थापनाकालदेखि नै हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक राज्य प्रणालीको विषयलाई दीर्घकालीन कार्यदिशा बनाएको थियो संविधान जारी भएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नेतृत्व गर्दै पार्टीले संघीयता, गणतन्त्र र धर्मनिरपेक्ष सुनिश्चित गरिएको संविधान कार्यान्वयनतर्फ लागेपछि आफ्ना आदर्श परित्याग गरेको भन्दै सोही पार्टीका शीर्ष नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका थिए उत्पादन र वितरण प्रणालीलाई न्यायोचितरुपमा सबै जनताको पहुँचमा पु¥याउन आर्थिक उदारवादको लक्ष्य लिएको छ पिछडिएका क्षेत्र र सीमान्तकृत वर्गलाई राज्यले विशेष संरक्षण गर्नुपर्ने, व्यक्तिगत स्वतन्त्रता तथा सम्पत्तिको हकलाई सम्मान गर्ने विषयलाई प्राथमिकता दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?