२०७८,श्रावण,१९,मंगलवार

अब म चुनाव लड्दिनँ : बिजुक्छे

२०७४,कार्तिक,१७,शुक्रवार ०८:०८


– रमेश गिरीभक्तपुर, १७ कात्तिक – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब जीवनभर चुनाव नलड्ने बताएका छन आज भक्तपुरमा रासससँग कुराकानी गर्दै उनले नेपाल मजदुर किसान पार्टीले अबको राजनीति युवा पुस्तालाई हस्तान्तरण गरेको बताए आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बिजुक्छेले उम्मेदवारी नदिएको विषयमा चौतर्फी चर्चा भएपछि उनले भने–“मैले उम्मेदवारी नदिँदैमा अचम्म मान्नुपर्ने अवस्था छैन, मैले राजनीतिबाट सन्यास लिएको होइन, तर अब म जीवनभर चुनाव लड्दिन, नेमकिपाको अबको राजनीति युवा पुस्ताले हाँक्छन् ।”उमेरका कारणले पनि आफूले उम्मेदवारी नदिएको प्रष्ट्याउँदै बिजुक्छेले भने–“म ७६ वर्षको भएँ, उमेरका कारणले कतिपय कुरा बिर्सन थालें, संसद्मा रहँदा दिमागमा धेरै बोझ रहन्छ, त्यसैले मैले उम्मेदवारी नदिने निर्णय गरेको हुँ, अब म पार्टीलाई अगाडि बढाउन सक्रिय रहनेछु ।” नेमकिपाले सक्षम युवा पुस्ता तयार पारेको बताउँदै अबको राजनीति यवा पुस्ताले सम्हाल्ने बताए बिजुक्छेले उम्मेदवारी नदिँदा भोट घट्छ की भन्ने चर्चा चलेको छ नि भन्ने प्रश्नको जवाफमा उनले असहमति व्यक्त गरे । आफू नउठ्दैमा भोट घट्दैन भन्दै उनले भने–“व्यक्तिलाई भोट दिने निकै कम हुन्छन्, नेमकिपालाई संगठनको भोट आउँछ, त्यसैले मैले उम्मेदवारी नदिँदा पनि नेमकिपाको भोट घट्दैन ।”नेमकिपा जातिगत पार्टी नभएको बताउँदै उनले विगतमा भैरव रिसाललाई नेमकिपाले उम्मेदवार बनाउँदा पनि भोट नघटेको दाबी गरे ।

प्रकाशित मिति: २०७४,कार्तिक,१७,शुक्रवार ०८:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । मंगलवार विपक्षी गठबन्धनका ३४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । नेता नेपालले बधुवारका लागि आफू पक्षीय

काठमाडौं । नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले विदेश जाने श्रमिकहरु खोप लगाएको प्रमाणित गर्न भीडभाड गर्दै लाइनमा बस्नुपरेको भन्दै त्यसलाई

ताजा समाचार

डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
 २०७८,श्रावण,१९,मंगलवार १६:२०
पारसको निर्णय अप्रत्यासित : क्यान अध्यक्ष
 २०७८,श्रावण,१९,मंगलवार १६:००