२०७८,श्रावण,८,शुक्रवार

अब म चुनाव लड्दिनँ ः बिजुक्छेअब म चुनाव लड्दिनँ : बिजुक्छे

२०७४,कार्तिक,१७,शुक्रवार ०८:०८


– रमेश गिरी भक्तपुर, १७ कात्तिक – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब जीवनभर चुनाव नलड्ने बताएका छन । आज भक्तपुरमा रासससँग कुराकानी गर्दै उनले नेपाल मजदुर किसान पार्टीले अबको राजनीति युवा पुस्तालाई हस्तान्तरण गरेको बताए । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बिजुक्छेले उम्मेदवारी नदिएको विषयमा चौतर्फी चर्चा भएपछि उनले भने–“मैले उम्मेदवारी नदिँदैमा अचम्म मान्नुपर्ने अवस्था छैन, मैले राजनीतिबाट सन्यास लिएको होइन, तर अब म जीवनभर चुनाव लड्दिन, नेमकिपाको अबको राजनीति युवा पुस्ताले हाँक्छन् ।” उमेरका कारणले पनि आफूले उम्मेदवारी नदिएको प्रष्ट्याउँदै बिजुक्छेले भने–“म ७६ वर्षको भएँ, उमेरका कारणले कतिपय कुरा बिर्सन थालें, संसद्मा रहँदा दिमागमा धेरै बोझ रहन्छ, त्यसैले मैले उम्मेदवारी नदिने निर्णय गरेको हुँ, अब म पार्टीलाई अगाडि बढाउन सक्रिय रहनेछु ।” नेमकिपाले सक्षम युवा पुस्ता तयार पारेको बताउँदै अबको राजनीति यवा पुस्ताले सम्हाल्ने बताए । बिजुक्छेले उम्मेदवारी नदिँदा भोट घट्छ की भन्ने चर्चा चलेको छ नि भन्ने प्रश्नको जवाफमा उनले असहमति व्यक्त गरे । आफू नउठ्दैमा भोट घट्दैन भन्दै उनले भने–“व्यक्तिलाई भोट दिने निकै कम हुन्छन्, नेमकिपालाई संगठनको भोट आउँछ, त्यसैले मैले उम्मेदवारी नदिँदा पनि नेमकिपाको भोट घट्दैन ।” नेमकिपा जातिगत पार्टी नभएको बताउँदै उनले विगतमा भैरव रिसाललाई नेमकिपाले उम्मेदवार बनाउँदा पनि भोट नघटेको दाबी गरे ।

प्रकाशित मिति: २०७४,कार्तिक,१७,शुक्रवार ०८:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिवद्ध भएर

काठमाडौं । पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहदेखि नेत्र विक्रम चन्दको पार्टीका नेताले एउटै

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको एकताले संविधान र संसद जोगाएको बताएका छन्। ४३ औँ पुष्पलाल स्मृति

काठमाडौँ । नेकपा एमाले (माधव पक्ष) की नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै भ्रष्टाचारको शिकार हुने

ताजा समाचार

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल
 २०७८,श्रावण,८,शुक्रवार २१:४९
भक्तपुरको जङ्गलमा भेटियो मानव कङ्काल
 २०७८,श्रावण,८,शुक्रवार २१:४३
महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६