नागपोखरीमा नामीको नयाँ अत्याधुनिक शोरुम संचालनमा, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

लोकपथ
56
Shares

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सद्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ। कम्पनीले काठमाडौंको नागपोखरीमा नामीको नयाँ अत्याधुनिक शोरुम उद्घाटन सँगै मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा पनि गरेको छ ।

उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायत प्रमुख व्यक्तित्वहरूसँगै नामीका ग्राहकहरूको बाक्लो उपस्थिति थियो।

अगस्ट २०२४ मा वाइल्ड रिपर्ज सबिन राई र फारोको प्रस्तुति र फेसन शो सहितको सफल सुरुवात पछि नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको छ। यो नौलो लन्च इभेन्टले उल्लेखनीय चर्चा पाएको थियो र यसले नामीको बलियो बजार प्रवेशको लागि मार्गप्रशस्त गरेको थियो।

सुरुवातको एक महिना भित्रै नामीले ४०० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेको छ। यसले नेपाली बजारमा नामीको बलियो माग देखाउँछ।

नयाँ शोरूमको उद्घाटन आफ्ना सवारी साधनहरू बुक गरिसकेका ग्राहकहरूसँग उत्सव मनाउने उत्तम अवसर बनेको कम्पनीले जनाएको छ । कार्यक्रममा नामीको सिल्भर कलर भेरियन्टको पनि लन्च गरिएको थियो।

‘नेपालमा हाम्रो अत्याधुनिक शोरूम खोल्न पाउँदा उत्साहित छौं’, एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने ‘यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौं।’

मेगा टेस्ट ड्राइभ क्याम्प

नक्सालको नागपोखरीमा रहेको नयाँ शोरूममा जनवरी ११ देखि १६ सम्म ‘मेगा टेस्ट ड्राइभ क्याम्प’को घोषणा गरिएको छ। यो क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्नेछ।

ग्राहकहरूले ‘नाउ अर नेभर’ मेगा अफरहरूबाट फाइदा लिन सक्छन् जसमा ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट समावेश छ। यसबाहेक, ग्राहकहरूले गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निस्शुल्क नाइट स्टे गर्न पाउनेछन्। ग्राहकहरूले आफ्नो पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?