बैंकका शाखामा तालाबन्दी र ढुंगामुढा भएको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरुको ध्यानाकर्षण

लोकपथ
112
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूका संघसंगठनले पछिल्लो समय बैंकका शाखामा तालाबन्दी र ढुंगामुढा भएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाएका छन् । पछिल्लो समय कृषि विकास बैंकको लहान शाखा लगायत अन्य विभिन्न बैंकका शाखाहरूमा कार्यरत कर्मचारीहरू प्रति लक्षित गतिविधि प्रति बैंक तथा वित्तीय संगठनहरूले ध्यानाकर्षण जनाएका हुन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त रूपमा विज्ञप्ति निकालेर यस्ता गतिविधि प्रति ध्यानाकर्षण जनाएको हो।

दैनिक कामकाज गर्न बाधा पुग्ने गरी बैंकमा तालाबन्दी, ढुंगामुढा तथा होहल्ला गर्ने कार्यले ग्राहकहरू बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित हुन पुगेको संस्थाहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्। ग्राहक तथा आम जनमानसलाई सामाजिक सञ्जालमा देखिने गलत तथा भ्रामक टिप्पणीहरूमा ध्यान नदीन संस्थाहरूले अनुरोध समेत गरेका छन्।

सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना तथा समाचारहरूलाई मात्र आधिकारिक रूपमा लीन संस्थाहरूले ग्राहकहरूलाई भनेका छन्। आम–सर्वसाधारणहरूलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेहरूलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न समेत सरकारी निकायहरूलाई उनीहरूले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?