एभर्टनलाई लायोनले हरायो, भिल्लारियल विजयी

युरोप, १७ कत्तिक – युरोपा लिग फुटबलमा लायनले एभर्टनलाई पराजित गरेको छ गएराति भएको खेलमा लायनले एभरटनलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एभरटनमाथि जित निकाल्ने क्रममा लायनले तिनै गोल दोस्रो हाफमा गरेको हो । लायनका लागि ६८ औं मिनेटमा टारोरे, ७६ औं मिनेटमा अयर र ८८ औं मिनेटमा डिपेले गोल गरे ८० औं मिनेटमा सेनिडर्लिन दोहोरो पहेंलो कार्ड पाएर बाहिरिएपछि एभर्टन १० खेलाडीमा सीमित भएको थियो गएराति नै भएको खेलमा आर्सनलले रेडस्टार बेलग्रेडसँग तथा एसी मिलानले एइके एथेन्ससँग गोलरहित बराबरी खेलेका छन् । भिल्लारियलले साल्भिया प्रागेलाई २–० ले पराजित गरेको छ भने भिटोरिया ग्युमारेसले मार्सेलीलाई १–० ले पन्छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?