महिलाप्रति कुन दल बढी उदार, यस्तो छ तथ्यांक

काठमाडौं, १७ कात्तिक – प्रमुख राजनीतिक दलहरु फेरि पनि महिलाप्रति अनुदार देखिएका छन् । मंसिर १० गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाको ३७ सिटमा प्रमुख दलले जम्मा ३ जना महिलालाई चुनावी प्रतिस्पर्धामा उतारेकामा दोस्रो चरणको निर्वाचन पनि महिलालाई टिकट दिन कञ्जुस्याईं गरेका छन् १ सय २८ सिटका लागि हुन लागेको निर्वाचनमा प्रमुख तीन दलका तर्फबाट जम्मा १५ जना महिलाले टिकट पाएका छन् नेपाली कांग्रेसबाट ७, नेकपा एमालेबाट ५ तथा माओवादी केन्द्रबाट ३ जना महिलाले प्रतिस्पर्धाको अवसर पाएका हुन् । कांग्रेसले तेह्रथुममा सीता गुरुङ, काठमाडौं–३ मा अम्बिका बस्नेत, मकवानपुर–२ मा महालक्ष्मी उपाध्याय डिना, महोत्तरी–२ मा किरण यादव, दाङ–१ मा शुशिला चौधरी तथा कैलाली–१ मा ईश्वरी न्यौपाने र कैलाली–५ मा डा. आरजु राणालाई उम्मेद्वार बनाएको छ । प्रत्यक्षतर्फ उम्मेद्वार बनेका यी सात जना सबै पूर्व सांसद् हुन् एमालेले उदयपुर–१ मा मञ्जुकुमारी चौधरी, सुनसरी–३ मा भगवती चौधरी, झापा–२ मा पवित्रा खरेल, स्याङजा–२ पद्य्मा कुमारी अर्याल र कैलाली–१ मा गरिमा शाहलाई उम्मेद्वार बनाएको छ माओवादी केन्द्रले पूर्वसांसद्द्वय पम्फा भुषाललाई ललितपुर–३ र उर्मिला अर्याललाई पर्सा–४ तथा विना मगरलाई कञ्चनपुर–१ बाट चुनावी मैदानमा ओरालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?