यी शीर्षनेता, जो बागी उम्मेदवारका कारण तनावमा छन्

काठमाडौं, १७ कात्तिक – दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि प्रमुख दललाई बागी उम्मेदवारीले पिरोलेको छ । यसअघि पहिलो चरणको निर्वाचनका लागि भएको मनोनयन दर्ताका बेला पनि प्रमुख दललाई बागी उम्मेदवारी टाउको दुखाई बनेको थियो कांग्रेसका नेता रामचन्द्र पौडेलविरुद्ध पूर्वमन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका छन । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट जोशीले टिकट माग्दै आएका थिए । तर पार्टीले पौडेललाई टिकट दिएपछि जोशीले बागी उम्मेदवारी दिएका हुनटिकट नपाएको झोकमा गायिका कोमल ओली पनि वागी उम्मेदवार बनकी छिन । राप्रपा पार्टी त्यागेर एमालेमा प्रवेश गरेकी ओलीलाई एमालेले टिकट दिएन । ओलीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी छिन । ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन सिन्धुली क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारविरुद्ध पनि बागी उम्मेदवारी परेको छ । माओवादी केन्द्रले हरिबोल गजुरेललाई उम्मेदवार बनाएपछि उनी विरुद्ध माओवादीकै रामकुमार पौडेलले उम्मेदवारी दिएका हुन बागी उम्मेदवारीबाट राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक पनि बचेनन् । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर विरुद्ध सोही पार्टीका नेता चन्द्रेश्वर झाले उम्मेदवारी दिएका छन । झाले महोत्तरी क्षेत्र नम्बर ३ बाट बागी उम्मेदवारी दिएका हुन ।  यसअघि २०७० को संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका झा पुनः स्वतन्त्र उम्मेदवार बनेका हुन । झा केही महिनाअघि मात्र राजपा प्रवेश गररेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?