कति उम्मेदवार छन् चुनावी मैदानमा ? उजुरी दिने दिन पनि आजै

काठमाडौँ, १७ कात्तिक – दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्र्तगत प्रत्यक्षतर्फ करिब ५ हजार उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएका छन् निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ र प्रदेशसभातर्फ २ हजार ९ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको छ । आयोगले जिल्लाबाट आएको तथ्यांक एकीकृत गर्ने काम नसकिएकाले उम्मेदवारको संख्या अझै बढ्ने बताएको छ । आयोगका अनुसार प्रतिनिधिसभातर्फ १ सय २६ जना महिलाको उम्मेद्वारी परेको छ । यस्तै प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि हुन लागेको निर्वाचनमा ३ सय ३४ महिला मैदानमा उत्रिएका छन् प्रमुख तीन दलका तर्फबाट १५ जना महिला प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका छन् आयोगले मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध उजुरी दिन आज विहान १० बजेदेखि ५ बजेसम्मको समय दिएको छ । आयोगले उजुरीउपर जाँचबुझ गरी शनिबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?