काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम दुरुपयोगको आरोपमा पूर्व उपप्रधान एवं गृहमन्त्री रविलामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा लामिछाने, गोरखा मिडिया नेटवर्कका सञ्चालक एवं सहकारीका अध्यक्ष समेत रहेका गितेन्द्रबाबु राई (जीबी राई) सहितका व्यक्तिहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माका अनुसार गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामा लगायविरुद्ध मुद्दा दर्ता भएको छ ।
त्यस्तै उनीहरुमाथि १ अर्ब १९ करोड बिगो दाबी समेत माग गरिएको छ । साथै ७ वर्ष कैदको माग समेत गरिएको छ ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् । उनी लगायतका व्यक्तिहरुको थुनछेक बहस जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया