नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डेढगाउँ–झ्यालबास सडकको तीन खण्डमा ७३ करोड बढीको लागतमा निर्माणको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको लागतमा तीन खण्डमा करिब २६ किलोमिटर सडकको काम विभिन्न चरणमा चलिरहेको पूर्वाधार विकास कार्यालय नवलपुरमा प्रमुख कृष्ण आचार्यले बताए ।
गण्डकी प्रदेशले गौरवको योजनामा राखेको कोरला–त्रिवेणी सडक खण्डअन्तर्गत नवलपुरको डेढगाउँ–झ्याबास सडकको तेस्रो खण्डमा हालै १४ करोड ९९ लाख ९६ हजार पाँच सय २८ को लागतमा काम अघि बढेको लागेको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख आचार्यले बताए । करिब पाँच किलोमिटर सडक निर्माण गर्ने गरी काम अघि बढेको उनले बताए ।
डेढगाउँ–झ्यालबास सडकको पहिलो खण्डमा १४ किलोमिटर सडक निर्माण, पक्कि नाला बनाउने काम, टेवा पर्खाल लगाउने र कालोपत्रे गर्ने तयारीसहितको भइरहेको कार्यालय प्रमुख आचार्यले बताए । विस २०७९ वैशाखमा सम्झौता भएर पहिलो खण्डको निर्माणको काम चलिरहेको छ । पहिलो खण्डको लाग ३२ करोड २० लाख रहेको छ ।
यसै सडकको दोस्रो खण्डमा सात किलोमिटर सडक निर्माणको काम चलिरहेको छ । २५ करोड ८६ लाख ९४ हजारको लागतमा यस खण्डमा विस २०८१ वैशाखमा सम्झौता भएर काम चलिरहेको कार्यालय प्रमुख आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया