मासु र मदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्री सिंहको चेतावनी

लोकपथ
581
Shares

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मासु र मदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्  ।

मुख्यमन्त्री सिंहले आज जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको भेटमा  जनकपुरधामको धार्मिक,सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न मासु र मदिराको उत्पादन, बिक्री र उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गरे । 

जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार नगर्न अनुरोध गर्दै मुख्यमन्त्रीले मासु र मदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बद्ध निकायलाई  अनुरोध गरे । नियम पालना नगरे कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?