काठमाडौं । एसपीजी अटोमोबाइल्सले क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ । सोमबार एक कार्यक्रमका बीच कम्पनीले क्रिकेटर ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर घोषणा गरेको हो ।
नेपाल प्रिमियर लिगको उत्कृष्ट नेपाली खेलाडी घोषित सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रलाई सोही अवसरमा पुरस्कार बापत कार पनि हस्तान्तरण गरिएको थियो ।
शारदा ग्रुपका निर्देशकहरूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा दीपेन्द्र सिंह ऐरी आधिकारिक रूपमा ब्रान्ड एम्बेसेडर नियुक्त भएका हुन् ।
एम्बेसेडर नियुक्त भएपछि दीपेन्द्रले एनपीएल सफलतापूर्वक सम्पन्न भएको बताउँदै आफूलाई उत्कृष्ट खेलाडी घोषित गरिएकोमा क्यान र ओमोडालाई धन्यवाद व्यक्त गरे । उनले भने, ‘एनपीएल सफल भयो, सबैलाई धन्यवाद । एनपीएलको उत्कृष्ट खेलाडीलाई कार पुरस्कार घोषणा गर्ने क्यान र ओमोडालाई धन्यवाद, भाग्यवश त्यो खेलाडी मै भएँ । टिम मेट र म्यानेजमेन्टलाई पनि फाइनलसम्म पुर्याउन सहयोग गरेकोमा धेरै धेरै धन्यवाद।’
ऐरीले यस्तो कार्यले नयाँ क्रिकेट खेलाडीहरूलाई पनि आशा र भरोसासँगै प्रोत्साहन मिल्ने बताए । उनले ओमोडासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै अब एउटै यात्रामा जोडेकोमा ओमोडालाई धन्यवाद ज्ञापन गरे ।
ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजकको रूपमा रहेको थियो। एनपीएल सुरु हुनुभन्दा अगाडि ओमोडाले नेपाली उत्कृष्ट खेलाडीलाई कार पुरस्कार दिने घोषणा गरेको थियो । साथै दीपेन्द्रले पुरस्कार स्वरूप पाएको कारमा लाग्ने कर भने शारदा ग्रुपले बेहोर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया