बग्रेल्ती बागी

काठमाडौं, १७ कात्तिक – आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा टिकट बितरणप्रति असन्तुष्ट नेता तथा कार्यकर्ताले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५५ निर्वाचन क्षेत्रका लागि बिहीबार भएको मनोनयनमा कतिपय दलका शीर्ष नेताकै विरुद्ध समेत बागी उम्मेदवारी परेको छ । टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै विभिन्न दलका आधिकारिक उम्मेदवारविरुद्ध सोही दलका असन्तुष्ट नेताको बागी उम्मेदवारी परेको हो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, राजपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध बागी उम्मेदवारी परेको छ । यस्तै राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा र माओवादी नेता हरिबोल गजुरेलविरुद्ध गठबन्धनबाटै बागी उम्मेदवारी परेको छ, राजधानी दैनिकमा खबर छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?