नबिल बैंकको सिनियर डेपुटी सीईओमा मनोज ज्ञवाली नियुक्त

लोकपथ
245
Shares

काठमाडौं । नबिल बैंकको वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंक सञ्चालक समिति बैठकले ज्ञवालीलाई डेपुटी सीईओबाट बढुवा गरी सिनियर डेपुटी सीईओमा नियुक्त गरेको हो ।

आईकाईबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिङ क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव रहेको छ ।

यसअघि ज्योति विकास बैंकको सीईओ रहेका ज्ञवाली नबिलमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?