काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जालमाफर्त गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको शुभकामना दिएका हुन् ।
उनले सन्देशमा भनेका छन्, ‘संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ । सबैलाई तमु ल्होसारको शुभकामना,’ सामाजिक सञ्जालमा भनिएकोे छ ‘तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यू लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झना आउँछ ।’
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यसपर्वको महत्व रहेको बताइन्छ ।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । साथै आज टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना समेत गरिएको छ । जहाँ प्रधानमन्त्री ओलीसहित राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिती रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया