काठमाडौंका हेभी वेट, रवीन्द्र मिश्रतिर सबैको ध्यान

काठमाडौँ, १७ कात्तिक- सबैको चासोको केन्द्र काठमाडौंमा पनि हेभी वेट भिडन्त हुँदै छ । काठमाडौं–२ बाट वाम गठबन्धनका साझा उम्मेदवार तथा एमाले नेता माधवकुमार नेपालले मनोनयन दर्ता गराएका छन् । उनीविरुद्ध कांग्रेसका दीपक कुइँकेलले मनोनयन दर्ता गराएका छन्, राजधानी दैनिकमा खबर छ काठमाडौं–५ बाट वाम गठबन्धनको साझा उम्मेदवार एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेसका तर्फबाट डा. प्रकाशशरण महतले मनोनयन दर्ता गराएका छन् । यहाँ पनि द्विपक्षीय भिडन्त हुँदै छ काठमाडौं–१ बाट कांग्रेस नेता प्रकाशमान सिंहले मनोनयन दर्ता गराएका छन् । यही क्षेत्रबाट विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समेत मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रबाट वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अनिल शर्माले मनोनयन दर्ता गराएका छन् काठमाडौं–४ बाट कांग्रेसका गगनकुमार थापाले मनोनयन दर्ता गराउँदा वाम गठबन्धनका तर्फबाट एमाले नेता डा. राजन भट्टराईले मनोनयन दर्ता गराएका छन् । काठमाडौं–६ बाट वाम गठबन्धनका तर्फबाट पहिलो संविधानसभामा एमाले नेता माधवकुमार नेपाललाई पराजित गरेका माओवादी केन्द्रका नेता झक्कु सुवेदीले मनोनयन दर्ता गराएका छन् । काठमाडौं–१० मा माओवादी केन्द्रका नेता हितमान शाक्यको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?