विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रुपमा अघि बढाउनु पर्छ : प्रधानमन्त्री

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रुपमा अघि बढाउनुपर्ने बताएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालयद्वारा दरशथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रुपमा अघि बढाउनुपर्ने र आदरणीय, प्राचनिय थलोको रुपमा विकास गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले मन्दिरमा जाँदा सकारात्मक भाव पैदा भएझैँ विश्वविद्यालयमा जाँदा पनि सकारात्मक भावका साथ जानुपर्ने बताए । उनले नेपाली समाज सभ्य समाज रहेको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयमा कमी, कमजोरीहरुलाई सुधार गर्दै जाने बताए । 

प्रधानमन्त्री ओलीले सकारात्मक सोचका साथ नेपाली विद्यार्थीले देशमा काम गर्नुपर्ने बताए । नयाँ सोच र विज्ञतालाई अध्ययन र अनुसन्धानबाट विद्यार्थी स्थापित हुनुपर्ने पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?