एनसेलको खरिदबिक्री रोक्न माग गर्दै दायर रिट खारेज, निर्देशनात्मक आदेश जारी

कानुनी र आर्थिक दायित्व बाँकी नै रहने

लोकपथ
105
Shares

काठमाडौं । एनसेलको शेयर खरिद विक्री रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । बिहीबार सर्वोच्च अदालतले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।

काँग्रेस सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिदबिक्री अवैध रहेको र लाभकर निसर्ग गर्न कौडीको भाउमा शेयर विक्री गरेको देखाएको भन्दै उक्त शेयर खरिदबिक्रीमा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए ।

बिहीबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले फैसला सुनाउँदै खरिद विक्रीका लागि दूरसञ्चार प्राधिकरणले मान्यता नदिइसकेको कारण अदालतले रोक नै लगाउनु पर्ने आवश्यक नरहेको भन्दै बाँकी कानुनी प्रक्रिया नियमनकारी निकायले नै गर्न सक्ने भन्दै रिट खारेज गरिदिएको हो ।

अदालतले रिट खारेज गरे पनि आर्थिक र कानुनी दायित्वबाट एनसेल उम्कन नमिल्ने भन्दै विदेशी लगानी भएका संस्थाहरूको हकमा गर्नुपर्ने केही कानुनी व्यवस्था स्पष्ट नभएकाले स्पष्ट पार्न सरकारका नाममा निर्देशनात्मक आदेश समेत जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?