केन्द्रमा १० प्रतिशत मात्रै महिला !

काठमाडौं, १७ कात्तिक- प्रतिनिधिसभाको पहिलो चरण निर्वाचनमा महिलाको अत्यन्तै न्यून उम्मेदवारी दिएका दलहरूले दोस्रो चरणमा पनि कम प्राथमिकतामा राखेका छन् । प्रमुख दलले पहिलो र दोस्रो चरण गरी जम्मा १० प्रतिशत मात्रै महिला उम्मेदवार उठाएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ निर्वाचन हुने जम्मा एक सय ६५ क्षेत्रमा प्रतिनिधिसभाका लागि १८ महिलाको मात्रै उम्मेदवारी परेको छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रमुख तीन दलबाट जम्मा १५ जना नेत्रीले मनोनयन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?