अस्थायी शिक्षकलाई सीधै स्थायी बनाउन सजिला प्रश्न !

काठमाडौँ, १७ कात्तिक- भनसुन र तोक आदेशमा सामुदायिक विद्यालयमा नियुक्त अस्थायी शिक्षकहरूलाई शिक्षक सेवा आयोगले लिने परीक्षामा सजिलो प्रश्न सोधेर सहजै स्थायी बनाइने भएको छ आयोगले अस्थायी शिक्षकहरूलाई सोध्ने प्रश्नको ग्रिड तथा पाठ्यक्रम नै सहज बनाएको छ । अस्थायी शिक्षकलाई उसले पढाउने विषयका आधारमा प्रश्न सोध्ने व्यवस्था गरिएको छ भने खुला प्रतिस्पर्धाबाट शिक्षक हुन चाहनेलाई विषयगत ज्ञानबाहेक पाठ्यक्रम, शिक्षण विधि एवम् प्रविधिबाट पनि प्रश्न सोध्ने पाठ्यक्रम बनाइएको छ  अस्थायी शिक्षकलाई सहजै स्थायी गराउन ४० नम्बरको वस्तुगत र ६० नम्बरको विषयगत ज्ञानको प्रश्न सोधिनेछ । तर, खुला प्रतिस्पर्धीलाई २० नम्बरको मात्रै वस्तुगत प्रश्न सोधिनेछ । बाँकी ८० नम्बरमा सम्बन्धित विषयवस्तुसम्बन्धी ज्ञानको ४० नम्बर र पाठ्यक्रम, शिक्षण विधि एवम् प्रविधिसम्बन्धी ४० नम्बरको छ । अस्थायीलाई विषयगत ज्ञानको प्रश्न ६० नम्बरको सोध्न लागिएको छ भने खुलालाई ४० नम्बरको मात्रै छ । अस्थायीलाई पाठ्यक्रम, शिक्षण विधि एवम् प्रविधिसम्बन्धी प्रश्न वस्तुगतमा समेटिएको छ । खुला प्रतिस्पर्धीले भने यससम्बन्धी लामा र छोटा उत्तर लेख्नुपर्ने हुन्छ, कान्तिपुरमा खबर छ   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?