किशोरकिशोरीसमेत अवैध रुपमा पुर्‍याइन्छन् अमेरिका

काठमाडौँ, १७ कात्तिक- हवाई, जल र स्थलमार्ग भएर अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा भएको छ । अमेरिकी सरकारले नै आफ्ना माइनर केन्द्र (बालबालिका राखिने स्थान) हरूमा किशोरकिशोरी रहेको जानकारी नेपाली दूतावासलाई दिएपछि यस्तो खुलासा भएको हो, कान्तिपुरमा खबर छ आठ/नौ कक्षा अध्ययन गर्दै गरेका विद्यार्थीसमेत यसरी अमेरिका पुग्न थालेपछि अमेरिकी सरकारले चासो देखाउँदै कूटनीतिक जानकारी दिएको हो अमेरिका जाने गौंडाका रूपमा रहेका कोस्टारिका र पानामाले समेत केही माइनर केन्द्रमा नेपाली रहेको जानकारी अमेरिकास्थित नेपाली दूतावासलाई दिएका छन् । विद्यालय शिक्षा पूरा गर्नुपर्ने उमेरका नेपाली किशोरकिशोरी यसरी अवैध रूपमा बाहिरिनु निकै गम्भीर रहेको भन्दै अमेरिकाले नेपाली दूतावासलाई सोधेको हो   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?