नाडा र भारतीय दूतावास बीच छलफल, नेपालको अटोमोवाइल क्षेत्रको प्रवर्द्धनमा भारतको सहयोग अपरिहार्य 

लोकपथ
35
Shares

काठमाडौं । नेपालस्थित भारतीय दूतावासका प्रमुख वाणिज्य सचिव सुमन शेखरसँग नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूले अन्तरक्रिया गरेका छन् । बिहीवार सम्पन्न अन्तरक्रियामा भारतमा आयोजना हुन लागेको ‘रोड्स सो अन भारत मोविलिटी ग्लोबल एक्सपो’को सन्दर्भमा छलफल भएको हो ।

उक्त छलफलमा नाडाका अध्यक्ष करण चौधरीले नेपालको अटोमोवाइल क्षेत्रका विविध पक्षहरूका सम्बन्धमा चर्चा गर्दै नेपालको अटोमोवाइल क्षेत्रको प्रवर्द्धनका लागि भारतको सहयोग अपरिहार्य भएको बताए ।

नाडाका अनुसार इन्जिनियरिङ एक्सपर्ट प्रमोसन काउन्सिल अफ इन्डियाका पल्लवी साह, सोसाइटी अफ इन्डियन अटोमोवाइल मेनुफेक्चरर्स (सीयाम)को तर्फबाट देवासिस मजुमदर तथा नाडाका अध्यक्ष करण चौधरी बीच ‘रोड्स सो अन भारत मोविलिटी ग्लोबल एक्सपो’को सम्बन्धमा विस्तृत अन्तरक्रिया भएको छ । 

यही २०२५ जनवरीको १७ देखि २२ गतेसम्म सोसाइटी अफ इन्डियन अटोमोवाइल मेनुफेक्चरर्सको पहलमा भारतको नयाँ दिल्लीको भारतमन्डप, यसो भूमि द्वारिका र ग्रेटर नोइदामा भारत मोविलिटी अन्तर्गत अटो एक्सपो—दि मोटर सो २०२५ हुन लागेको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ ।

उक्त कार्यक्रममा नाडाको तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, सह कोषाध्यक्ष पङ्कज अग्रवाल, केन्द्रीय कार्य समितिका सदस्य द्वय कपिल शिवाकाटी, यमुना श्रेष्ठ, प्रकाश कपुरी, ऋद्धि कार्की, दीपेन्द्रकुमार मिश्र, मेघराज पौडेल, नीलमणि पाठक, अभीक ज्योति, दीपकराज गिरी, नवीनकुमार पारख र नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?