काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालभित्र सडक बालबालिकाको व्यवस्थापन गरिसक्ने घोषणा गरेका छन् ।
मंगलबार ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् ।
उनले २०८२ सालभित्र सडक मानव र सडक बालबालिकाको व्यवस्थापन गर्दै सरकारले अभिभाकत्व दिने बताए । उनले सडक बालबालिकाहरूको व्यवस्थापन गर्दै उनीहरूलाई यथोचित आहार र उपयुक्त शिक्षा दिएर सुयोग्य नागरिक बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । वर्तमान सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको उनको दाबी छ ।
उनले मानवीय वृत्तमा केही समस्याहरू रहेको उल्लेख गर्दै त्यस्ता समस्याहरूलाई शिक्षा र नवीनतम प्रविधिहरूको प्रयोग गर्दै समाधान गर्ने बाटोमा सरकार रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया