मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस शेयर कति ?

लोकपथ
0
Shares

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस १ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले गत आवका लागि शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त बैठकले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?