एमाले जग्गा दान विवादको रिट खारेज, पार्टी कार्यालय बनाउने बाटो खुल्यो

लोकपथ
217
Shares

काठमाडौं । नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट दान पाएको जग्गामा पार्टी कार्यालय बनाउने बाटो खुलेको छ ।

सोमबार सर्वोच्च अदातलले जग्गादान विवादको रिट खारेजको फैसला सुनाएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेजको फैसला सुनाएको हो ।

मीनबहादुरले एमालेलाई जग्गा दान दिएको विरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा यसअघि नै अन्तरिम आदेश जारी भएको थियो । सर्वोच्चको आदेशसँगै अब एमालेलाई मीनबहादुरबाट पाएको जग्गामा भवन बनाउन बाटो खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?