काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा शनिबार मध्यराति भएको मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका–१ का २२ वर्षीय आशिक मरिक र ४५ वर्षीय उमेश मरिक छन् ।
तीव्र गतिमा रहेको प्रदेश १-०४-००२ प १९०१ नम्बरको मोटरसाइकल शनिबार राति करिब १ बजे झोराहाट चौकस्थित नहरको पुलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बाबुछोरालाई प्रहरीले विराट नर्सिङहोम पठाएको थियो । अस्पतालमा उपचारका क्रममा राति नै उनीहरूको मृत्यु भएको हो । मोटरसाइकल छोरा आशिकले चलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया