हामीलाई गाली गर्नेहरुको पनि अभिव्यक्ति सुरक्षा गर्नु कांग्रेसको जिम्मेवारी हो : नेता केसी

लोकपथ
371
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेताहरुलाई गाली गर्ने विचारलाई पनि अधिव्यक्ति सुरक्षा गर्नु लोकतन्त्रवादीहरुको धर्म हुने स्पष्ट पारेका छन् ।

नेपाली कांग्रेसको १०० दिने अभियान अन्तर्गत जिल्ला कार्यसमिति ललितपुर जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता केसीले सो कुरा बताएका हुन् ।

शुक्रबार कार्यक्रमलाई सम्बोधन गर्दैै नेता केसीले पछिल्लो समय नेता र नेतृत्वमाथि प्रश्न गर्नेहरुलाई पनि अभिव्यक्ति
सुरक्षा दिनु नेपाली कांग्रेसको जिम्मेवारी रहेको बताए । म

‘हामीलाई गाली गर्ने विचारलाई पनि अभिव्यक्ति सुरक्षा गर्नु लोकतन्त्रवादीहरूको धर्म हो । त्यो जिम्मेवारी नेपाली कांग्रेसको हो,’ उनले भने, ‘हामीले राष्ट्र निर्माणमा जे काम गर्यौँ जनता समक्ष पुर्याउन सकेनौँ ।’

त्यस्तै पार्टी र समग्र राजनीतिमा देखिएको द्न्द व्यवस्थापनको मुख्य कडी वादप्रतिवाद र संवाद रहेको बताए । पछिल्लो समय अस्वस्त तबरले नेताहरुमाथि गालीगलौज गर्ने प्रवृक्ति रहेको बताउँदै वैज्ञानिक विश्लेषणका आधारमा समर्थन र विरोध गर्ने बानी बसाल्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

‘अब हामीले आफूलाई गाउँ तहसम्म सिंहावलोकन गर्न आवश्यक छ। हामी एकअर्काको बीचको द्वन्द व्यवस्थापनको मूल कडी भनेको वादप्रतिवाद र संवाद हो,’ नेता केसीको भनाइ थियो, ‘हामीले सत्यको आधारमा वैज्ञानिक विश्लेषण गर्दै समर्थन र विरोध गर्ने बानी बसालौँ। भने मात्र हाम्रो पार्टी र समाज सुधार्न सकिन्छ।’

पार्टी र समग्र राष्ट्र निर्माणका लागि कार्यकर्तापंक्ति नै तलैबाट खारिएर आउनुपर्नेमा जोड दिए । अहिलेको निराशाको अवस्थाबाट गाउँगाउँबाट आवाज बुलन्द गरेर अघि बढ्न नसेकेमा देश निर्माण हुन नसक्ने बताउँदै वडा तहमा उक्त विषय राख्न आग्रह गरे ।

‘तपाईँहरू गणेश प्रवृत्ति होइन विचार र सिद्धान्तले तलैबाट खारिएर स्पात बन्दै आउनुभ भयो भने मात्र लोकतन्त्र बचाउन सकिन्छ। अहिलेको अविश्वासलाई विश्वास र निराशालाई आशामा बदल्न सकेनौं भने अहिलेको परिस्थितिबाट देशलाई निकाल्न सक्दैनौँ। यस विषयमा तपाईं सम्पूर्ण साथीहरुले वडा तहसम्म आफ्ना धारणाहरु प्रष्ट राख्नुहोला,’ नेता केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?