हिरो मोटोकर्पले एक्स्ट्रिम सिरिज सार्वजनिक गर्दै

लोकपथ
161
Shares

काठमाडौं । नेपालको दुई पाङ्ग्रे बजारमा हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाइकहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । हिरो मोटोकर्पले आफ्नो नयाँ उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।

नयाँ बाइकहरु भोली बिहिबार गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने कार्यक्रम बीच सार्वजनिक हुँदै छन् ।

एक्स्ट्रिम १२५ का मुख्य विशेषताहरू:
सिंगल च्यानल एबीएस –
सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिङ प्रविधि ।
श्रेणीकै सर्वाधिक तिब्र– सर्वाधिक गति र तिव्रताको समायोजन सहितको रोमाञ्चक सवारी ।
फराकिलो रियर टायर– सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको ब्यवस्था ।
एलईडी हेडलाइट्स– सुदृढ दृष्य तथा यात्रामा सुरक्षार्थ नयाँ प्रविधिसहितको एलईडी हेडलाइट्को सुविधा ।
ब्लूटूथ कनेक्टिविटी– चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा ।

एक्स्ट्रिम १६०का मुख्य विशेषताः
श्रेणीकै सर्वाधिक गति क्षमता–
तिव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको यो बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित ब्यवस्था गरिएको छ ।
केवाईबी फ्रन्ट यूएसडी सस्पेन्शन– प्रभावकारी फ्रन्ट ब्रेकिङ प्रणालीको ब्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्दछ ।
ब्लूटूथ कनेक्टिविटी– चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?