तोलामा दुई हजारले बढ्यो सुनकाे मूल्य

लोकपथ
203
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा दुई हजारले वृद्धि भएको छ । मंगलबार एकतोला सुन एक लाख ५२ हजार २०० मा कारोबार भएको थियो । भने आज तोलामा एक लाख ५४ हजार २०० मा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै आज  चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी  एक हजार ९ सय २५ मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?