बाँके । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपालमा पहिलो पटक सहरी यातायातका लागि उत्कृष्ट विकल्प मानिएको टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ। आज नेपालगन्जमा सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा व्याख्या गरिएको बीएस६ सार्वजनिक भएको हो ।
टाटा म्याजिक नेपाली बजारमा पहिलो पटक २००८ मा बीएस२ संस्करणका साथ प्रवेश गरेको थियो। त्यसपछि बीएस३, बीएस४ हुँदै आज बीएस६ संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ। हालसम्म चार हजार भन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सञ्चालनमा रहेको सिप्रदीले जनाएको छ ।
टाटा म्याजिक बीएस६ का प्रमुख विशेषताहरू
इन्जिन: ६९४ सीसी पेट्रोल इन्जिन
शक्ति:३० एचपी
टर्कः ५५ एनएम
गियरबक्सः ५ स्पिड गियर
पाङ्ग्रा: १३ इन्च टायर
सुविधाहरू: डिजिटल ओडो मिटर, राम्रो माइलेजका लागि ईको स्विच, एबीएस र सबै पाङ्ग्रामा एन्टी–रोलबार
सुविधा: चालक र यात्रुहरूको सहजताका लागि विशेष डिजाइन
सिप्रदी ट्रेडिङका कृष्ण चन्दले नेपालगन्ज जस्तो महत्त्वपूर्ण व्यापारिक क्षेत्रका लागि टाटा म्याजिक बीएस६ उत्कृष्ट यातायात भएको बताए । सिप्रदीले आफ्ना ग्राहकहरूलाई नेपालगन्ज क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्सको सुविधा प्रदान गर्दै आएको चन्दले बताए। उनले भने, ‘यस गाडीले यात्रुहरूको सहजता बढाउनेछ, साथै यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत बलियो बनाउनेछ।’
कार्यक्रममा सिप्रदी कमर्सियल भेहिकल्स बिजनेस युनिटका प्रडक्ट म्यानेजर इन्द्रमणि पोखरेलले टाटा म्याजिक बीएस६ ले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउने बताए । यसको प्रविधि, आरामदायी सुरक्षा प्रविधिले यात्रुको अनुभवलाई स्तरीय बनाउने पोखरेलले बताए । उनले यो गाडी विशेष गरी सहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया